कोरोना संक्रमणबाट कोहलपुरका ३८ बर्षीय युवकको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०७७, शनिबार

तस्विर : फाइल

नेपालगन्ज २४, असोज ।
कोरोना भाइर संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-९ पिपरीका ३८ बर्षीय युवकको भाइरस संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि उनले असोज १२ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि नमुना दिएका थिए । त्यसको दुई दिन पछि उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । उनलाई तत्काल मेडिकल कलेज कोहलपुरमा भर्ना गरियो । रेमडिसिभिर, प्लाज्मा थेरापीलगायतका विधिबाट उपचार गर्दा समेत उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि मेडिकल कलेजले शुक्रबार राती ९ बजे उनलाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरेको थियो ।

स्वास्थ्य अवस्था गम्भीर ती पुरुषको उपचार व्यवस्थापन गर्दागर्दै मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । राती १० बजे अस्पताल पुगेका उनको ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई फोक्सोमा निमोनिया भएको थियो । उनलाई कडा खाले कोभिड देखिएको चिकित्सकहरुले बताएका छन् ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि अस्पताल आएकाहरुको उपचारका क्रममा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

  • २४ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech