निष्कर्ष निस्किएन

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०७७, शुक्रबार

 

काठमाडौं २३,असोज ।

अनसनरत डा.गोबिन्द केसी पक्ष र सरकारी पक्षबीच भएको वार्ता पुन: निष्कर्षविहीन भएको छ। बिहीबार निष्कर्ष निकाल्न नसकेर शुक्रबार बस्नेभनि तय गरिएको वार्ता अबेर राती ९ बजेपछि सुरु भएको भएपनि कुनै निष्कर्ष निकाल्न नसकेको डा केसी पक्षबाट वार्ता टोलीका संयोजक समेत रहेका डा जीवन क्षेत्रीले जानकारी दिनुभयो।

बिहीबार दुवै पक्षबीच सहमतिका लागि मस्यौदा तयार भएकाले शुक्रबार सहमति हुन सक्ने अपेक्षा गरिएको थियो।

यसैबिच नतिजामुखी वार्ताबाट सरकार पछि हटेको भन्दै अब केसीको जीवन रक्षाका लागि निर्णायक आन्दोलन गर्नुपर्ने अवस्था आएको डा.केसी पक्षको वार्ता टोलीले बताएको छ।

२६ दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने बिग्रदै  गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

  • २३ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech