भेरीमा पहिलो पटक पित्त नलिमा भएको फोकाको सफल शल्यक्रिया

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०७७, शुक्रबार

पित्त नलिमा भएको फोकाको सफल शल्यक्रियापछि डिस्चार्ज भएकी सारिमा खाँतुनसँग भेरी अस्पताल नेपालगन्जका ग्याष्ट्रो सर्जन डा धुव्रनारायण शाहसहितको टीम ।

नेपालगन्ज २३, असोज ।
भेरी अस्पताल नेपालगन्जमा पहिलो पटक पित्त नलिमा भएको फोकाको सफल शल्यक्रिया गरिएको छ । यसलाई मेडिकल भाषामा choledochal cyst भनिन्छ ।

बाँके नरैनापुर गाउँपालिकाकी-९ बर्षीया शारिमा खातुनको पित्त नलिमा भएको फोकाको शल्यक्रिया सफल भएको अस्पतालका ग्याष्ट्रो सर्जन डा धुव्रनारायण शाहले जानकारी दिनुभयो । ‘भेरीमा यो खाले समस्याको पहिलो शल्यक्रिया हो, शल्यक्रिया सफल भएपछि उत्साहित देखिएका डा शाहले स्वास्थ्य पेजलाई भन्नुभयो–‘यदीसमयमै शल्यक्रिया नगरेको भए क्यान्सरसम्म भएर बालिकाको ज्यान जान सक्थ्यो ।’

शल्यक्रियाको पाँच दिनपछि खातुनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । ग्याष्ट्रो सर्जन शाहको नेतृत्वमा एनस्थेसियोलोजिष्ट डा पारश पाण्डे, नर्सिङ स्टाफको टीमले खातुनको शल्यक्रिया गरेको हो । ग्याष्ट्रो सर्जन डा शाहको आगमनसँगै पेट, कलेजो, अग्न्याशयलगायतमा हुने समस्याका विरामीलाई ठूलो सहजता मिलेको छ ।

यसअघि विशेषज्ञ चिकित्सकको अभावमा यस्ता समस्याको शल्यक्रियाका लागि बाँकेसहित दाङ, बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशका विरामीहरु उपचारका लागि भारतको लखनउ कि त काठमाडौं जाने गरेका थिए । तर अहिले नेपालगन्जमै विशेषज्ञ चिकित्सक आएपछि यस क्षेत्रका विरामीहरुलाई राहात भएको छ ।

  • २३ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech