बाँकेमा थप ३८ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०७७, शुक्रबार

नेपालगन्ज २३, असोज ।
बाँकेमा शनिवार थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३८ जनामा संक्रमण फेला परेको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पताल प्रयोगशालामा २३, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ९ र कोहलपुरमै रहेको बागेश्वरी प्रयोगशालामा ६ जना गरी ३८ जनामा भाइरस पुष्टि भएको हो । योसँगै बाँकेमा संक्रमितको संख्या २ हजार ३ सय २७ पुगेको छ । शनिवार २४ जना डिस्चार्ज भएका थिए ।

योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ६२ पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।

  • २३ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech