कर्णाली प्रदेशमा थपिए ६२ संक्रमित

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०७७, शुक्रबार

सुर्खेत २३, असोज ।
कर्णाली प्रदेशमा थप ६२ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ३३, दैलेखमा १३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नौ र रुकुमपश्चिममा गरिएको परीक्षणमा सात जनामा कोरोना संक्रमण पुष्टि सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।

पछिल्लो ४ घण्टामा सुर्खेतका २८, सल्यान र जुम्ला सात-सात, दैलेख र रुकुमपश्चिमका ६-६, कालिकोटका पाँच र अन्य प्रदेशका तीन जनामा भाइरस संक्रमण पुष्टि भएको हो। यो सँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या चार हजार एक सय ६६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २३ छ ।

योसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार तीन सय तीन पुगेको छ ।
कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

  • २३ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech