कोरोना संक्रमणबाट नेपालगन्जमा थप एकको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०७७, शुक्रबार

नेपालगन्ज २३, असोज ।
कोरोना भाइरस संक्रमणबाट नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१ धम्वोजीकी ८५ बर्षीया महिलाको भेरी अस्पताल नेपालगन्जमा विहीबारराती मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ आईसीयू नभएपछि उनलाई भेरी अस्पतालको प्रि-आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

कोभिडको आंशकामा विहीबार स्वाव संकलन गरिएको थियो । तर उनको उपचारकै क्रममा राती ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी लामो समय दमको विरामी भएको अस्पतालले जनाएको छ ।

कोरोना पुष्टि भएको रिपोर्ट भने आज विहान ७ बजेमात्र आएको हो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

  • २३ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech