सर्वोच्चको आदेशपछि चिकित्सा शिक्षा आयोगद्वारा पिजी परीक्षा स्थगित

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७७, बिहीबार

काठमाडौं २२, असोज ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नात्तकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ। आयोगले सर्वोच्च अदालको अन्तरिम आदेशपछि परीक्षा स्थगित गरिएको आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले बताउनुभयो ।

परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका छन्।आयोगले असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो। तर अब अदालतको आदेश पछि उक्त मितिमा परीक्षा नहुने भएको हो।आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेको थियो।

आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech