बाँकेमा फेरि थपिए ५१ संक्रमित, २२८९ पुगे

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७७, बिहीबार

नेपालगन्ज २२, असोज ।
बाँकेमा विहीबार थप ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या दुई हजार दुई सय ८९ पुगेको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा विहीबार ५१ जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा २७, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रयोगशालामा २० र बागेश्वरी प्रयोगशालामा ४ जना गरी १५ महिलासहित ५१ संक्रमित फेला परेका हुन् ।

जिल्लामा अव पाँच सय २८ जना उपचाररत् छन् । १ हजा ७ सय ३८ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech