गेटा मेडिकल कलेज संचालनको माग गर्दै प्रदर्शन

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७७, बिहीबार

धनगढी २२, असोज ।
कैलालीको गोदावरीमा निर्माणाधिन गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै नेपाली काँग्रेस निकट नेपाल बिधार्थी संघले प्रदर्शन गरेको छ। नेविसंघले मेडिकल कलेज र अस्पताल संचालनको स्वीकृती दिनुपर्ने माग राख्दै कलेज अगाडी विहीबार दिउँसो एक घण्टा चक्काजाम गर्दै प्रर्दशन गरेको हो।

अत्तरिया बजारवाट ¥यालीसहित मेडिकल कलेज अगाडि पुगेका नेविसंघका नेता कार्यकर्ताहरुले सरकारी ढुकुटीको पौने चार अर्ब रकम खर्च भइईसकेको बताउँदै मेडिकल कलेज सञ्चालनका लागि प्रक्रिया अगाडि बढ्नुपर्ने माग गरेका थिए ।

नेविसंघका युवा नेता जगत महराले मेडिकल कलेजको निर्माण अन्तिम चरणमा पुगेको बताउँदै संचालनबारे कुनै निर्णय नहुनु दुखद रहेको बताउनुभयो। मेडिकल कलेज संचालन गरेर आम सुदूरपश्चिमबासीलाई सहज स्वास्थ्य सेवा पुर्याउन सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech