दशैंमा सार्वजनिक स्थलमा पिङ नहाल्न सरकारको आग्रह

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७७, बिहीबार

काडमाडौं २२, असोज ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा पिङ नहाल्न सबैलाई आग्रह गर्नुभएको हो ।

गौतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दशैं मनाउन पनि आग्रह गर्नुभयो । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमितको संख्या ९८ हजार नाघेको छ । त्यस्तै २४ घण्टामा थप १२ जनाको निधन भएको छ । योसँगै भाइरस संक्रमणबाट निधन हुनेको संख्या ५ सय ९० पुगेको छ ।

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech