५० बर्षीया आमाले दिइन् २१ बर्षीय छोरालाई मृगौला

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७७, बिहीबार

काठमाडौं २२, असोज ।
रुकुम चौरजहारीका २१ बर्षीय युवकको विहीबार मृगौला प्रत्यारोपण गरिएको छ । ती युवकलाई ५० बर्षीया आमाले मृगौला दान गरेकी हुन् । शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गरिएको हो ।

कोरोना भाइरस महामारी जोखिमका कारण केन्द्रले सात महिना देखि मृगौला प्रत्यारोपण सेवा दिइको थिएन् । ती युवकको मृगौला प्रत्यारोपणसँगै पुनः प्रत्यारोपण सेवा सुरु गरिएको केन्द्रका कार्यकारी निर्देशक डा प्रेमराज ज्ञवालीले बतानुभयो ।
‘अहिले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ केन्द्रका निर्देशक डा ज्ञवालीले भन्नुभयो, ‘प्रत्यारोपण गरिएको मृगौलाले राम्रोसँग काम गर्न थालेको छ ।’

साधारण व्यक्तिमा हुने कोरोना संक्रमण भन्दा मृगौला प्रत्यारोपण गरिएका बिरामीहरुमा हुने कोरोना संक्रमण जटिल हुने हुँदा संसारभर नै मृगौला प्रत्यारोपण शल्यक्रिया प्रभावित छ ।

डा ज्ञवालीले राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण सुरु भएपछि नेपालका अन्य अस्पतालहरुमा पनि यो सेवा सुरु हुने विश्वास व्यक्त गर्नुभएको छ ।

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech