नेपालगन्ज मेडिकल कलेज कोहलपुमा कोरोना संक्रमित महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ आश्विन २०७७, बुधबार

कोहलपुर २१, असोज ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत् कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ की ८२ बर्षीया महिलाको उपचारका क्रममा बुधवार साँझ मृत्यु भएको हो ।

उनको यही १३ गते स्वाव संकलन गरिएको थियो । त्यसको दुई दिन पछि रिपोर्ट पोजेटिभ आएको थियो । त्यसैदिन उनलाई कोभिड आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । ‘रोगको प्रकृति अनुसार सबै किसीमको उपचार गर्दा पनि विरामीको स्वास्थ्य अवस्था सुधार भएन अस्पतालले भनेको छ–‘आज ६ः३५ बजे विरामीको निधन भयो ।’

उनलाई फोक्सोमा निमोनिया भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका कोभिडका ११ जनाको मृत्यु भइसकेको छ । बुधवारमात्र भेरी अस्पतालमा दाङ घोराही नगरपालिका-१५ का ३५ बर्षीया महिलाको दिउँसो भाइरस संक्रमणबाट निधन भएको थियो ।

  • २१ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech