आज ३४३९ संक्रमित थपिए, ११२६ डिस्चार्ज, १५ जनाको निधन

    • स्वास्थ्य पेज

  • २१ आश्विन २०७७, बुधबार

काठमाडौं २१, असोज ।
बुधवार देशभर कोरोना भाइरसका थप तीन हजार ४३९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ४३९ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ०७ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार १२६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६८ हजार ६६८ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १५ जनाको मृत्यु भएको हो । जसमा ५ महिला र १० पुरुष रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख हजार १३ जनाको ४८७ पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन् । आजसम्म देशभर ४ हजार १५९ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

  • २१ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech