कोरोना संक्रमणबाट घोराही दाङकी ३५ बर्षीया महिलाको भेरीमा मृत्यु

    • स्वास्थ्य पेज

  • २१ आश्विन २०७७, बुधबार

तस्विरः फाइल

नेपालगन्ज २१, असोज ।
कोेराना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ की ३५ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनले असोज १७ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वाव दिइकी थिइन् । त्यसको भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई त्यसैदिन राती पौने १२ बजे भेरी अस्पतालमा रहेको कोभिड वार्डमा भर्ना गरिएको थियो । ती महिलालाई रेमडिसिभिर, सिप्याप थेरापीसँगै हाइ फ्लो अक्सिजन समेत दिइएको थियो । उनको बुधवार दिउँसो तीन बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनलाई निमोनिया भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका १० जनाको मृत्यु भइसकेको छ ।  दाङमा २४ घण्टा नवित्दै दुईजनाको मृत्यु भएको छ । यसअघि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा राप्ती गाउँपालिका ८ की ७० बर्षीया महिलाको भाइरस संक्रमणबाट मृत्यु भएको थियो । योसहित दाङमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

  • २१ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech