बाँकेमा आज पनि धेरैको संख्यामा संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २० आश्विन २०७७, मंगलवार

नेपालगन्ज २०, असोज ।
बाँकेमा मंगलवार पनि ठूलो संख्यामा कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी प्रयोगशालामा गरीएको परीक्षणमा ६६ जनामा भाइरस संक्रमण फेला परेको हो । भेरीमा ३६, मेडिकल कलेजमा २० र बागेश्वरीमा १० जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

सोमवार ७० जना संक्रमित थपिएका थिए । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ८६ पुगेको छ । त्यसमा डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ७३ पुगेको छ ।

मंगलवार बाँकेमा २३ जना संक्रमित डिस्चार्ज भएका थिए । बाँकेमा भाइरस संक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।

  • २० आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech