नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक डा. कनोडियालाई कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २० आश्विन २०७७, मंगलवार

नेपालगन्ज २०, असोज ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक डा नितेश कुमार कनोडियालाई कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्यमा असजिलो महसुस भएपछि मंगलवार कोरोना परीक्षण गर्दा भाइरस संक्रमण पुष्टि भएको हो ।

आफुलाई संक्रमण भएको उहाँले फेसबुकमार्फत जानकारी गराउनुभएको छ । फेसबुकमा लेख्नुभएको छ- ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ ।अहिले म घरमै आइसोलेसनमा छु । पछिल्ला दिनहरुमा मेरो सम्पर्कमा रहनु भएका महानुभाबहरुलाई सजगता अपनाउनु हुन र स्वास्थ्यमा कुनै समस्या आएमा स्वास्थ्यकर्मीहरुसंग परामर्श गर्नु हुन अनुरोध छ ।’

उहाँले कोरोना संक्रमणको रोकथाम र संक्रमितहरुको उपचारमा नेपालगन्ज मेडिकल कलेजका शिक्षण अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरु निरन्तर लागि नै रहने विश्वास दिलाउनुभएको छ ।

  • २० आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech