नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, आज १५५१ थपिए

    • स्वास्थ्य पेज

  • २० आश्विन २०७७, मंगलवार

काठमाडौं २०, असोज ।

नेपालमा मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार ३४० जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ। त्यस्तै थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार बढीको पिसिआर परीक्षण भएको छ।

  • २० आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech