शिक्षा सचिवले भेटे डा केसी, अनशन तोड्न आग्रह

    • स्वास्थ्य पेज

  • २० आश्विन २०७७, मंगलवार

काठमाडौं २०, असोज ।
चिकित्सा शिक्षा क्षेत्र सुधारका ६ बुँदे माग राख्दै अनशनरत डा गोविन्द केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले मंगलवार भेट्नुभएको छ ।

शिक्षा सचिव मैनाली ३ जनाको टोलीको नेतृत्व गर्दै डा केसीलाई भेट्न त्रिवि शिक्षण अस्तपाल पुग्नुभएको थियो । सचिव मैनालीले डा केसीका मागका विषयमा छलफल गर्न सरकारले हालसम्म कुनै पनि वार्ता टोली गठन नगरेको जानकारी दिनुभयो ।पछिल्लो अनसन सुरु गरेयता डा केसीलाई भेट्ने शिक्षा सचिव मैनाली पहिलो बन्नुभएको छ ।

उहाँले डा केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको डा केसीकी सहयोग डा तोषिमा कार्कीले जानकारी दिनुभयो ।सरकारी टोलीले अनशन फिर्ता लिन आग्रह गरेपछि डा केसीले सरकारका प्रवक्ताले यसअघि नै सोही कुरा सार्वजनिक रूपमा गरिसकेकाले त्यतिका लागि मात्र दुःख नगरेको भएपनि हुने भनेर जवाफ फर्काउनुभएको थियो ।

डा केसीको स्वास्थ्य नाजुक भैरहँदा सरकारले संवनदहीनता देखाएको भन्दै नागरिक तहबाट व्यापक विरोध भइरहेको छ। देशका विभिन्न अस्पतालका चिकित्सकहरुले २ घन्टा अस्पतालमा परिसरमा धर्ना दिँदै डा केसीको माग पूरा गर्न सरकारसँग माग गरेका छन्।

आकस्मिक र कोभिड बिरामीको उपचारमा हातमा कालो पट्टी बाँधेर उनीहरुले काम गरिररहेका छन्। सरकारले डा केसीको माग पूरा गर्न ढिलाई गरे थप कडा आन्दोलनका कार्यक्रम गर्ने उनीहरुले बताइरहेका छन्।

  • २० आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech