विश्वका १० प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएका हुन सक्छन्ः डब्लुएचओ

    • स्वास्थ्य पेज

  • २० आश्विन २०७७, मंगलवार

काठमाडौं २०, असोज ।

विश्वका १० प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। ब्लुएचओका नेताहरुको विशेष बैठकमा विश्वमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने बताइएको हो ।

महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा डब्लुएचओको विशेष बैठक बसेको हो ।

संक्रमितको अनुमानित संख्याको अर्थ विश्वको बहुल क्षेत्र अझै पनि जोखिममा रहेको भन्ने रहेको उच्च अधिकारीले बताएका छन् ।

डब्लुएचओका अनुसार विश्वभर तीन करोड ५४ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । तर संक्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको डब्लुएचओको अनुमान छ ।

 

  • २० आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech