मोरङका दुई संक्रमितको नोबेल शिक्षण अस्पतालमा मृत्यु

    • स्वास्थ्य पेज

  • २० आश्विन २०७७, मंगलवार

तस्विरः फाइल

विराटनगर २०, असोज ।

विराटनगरको नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका मोरङका दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार कानेपोखरी गाँउपालिका ६ का ५० वर्षीय पुरुष र रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो ।

उहाँका अनुसार विगत ५ वर्षदेखि ब्लड क्यान्सरबाट पीडित कानेपोखरीका पुरुषको बिहान करिब ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

६ दिन अघि संक्रमण पुष्टि भएका ४५ वर्षीय पुरुषको भने बिहान २ः३० बजे मृत्यु भएको छ। बिरामीमा मधुमेहको पुरानै समस्या रहेको थियो ।

  • २० आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech