आधादर्जन बढी बालबालिकासहित बाँकेमा आज ७० जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७७, सोमबार

तस्बिर:फाइल

नेपालगन्ज १९, असोज ।

बाँकेमा सोमवार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालमा गरीएको पीसीआर परीक्षणमा ७० जनामा भाइरस संक्रमण देखिएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा ३४ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रयोगशालामा २४ र कोहलपुरमै रहेको बागेश्वरी प्रयोगशालामा गरीएको परीक्षणमा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमा पाँचजना बढी बालबालिकाहरुमा पनि संक्रमण देखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका- १ का २ र ४ बर्षीय बालक, नेपालगन्ज-९ का ७ बर्षीया बालिका, कोहलपुर- १० का ११ बर्षिय बालकलगायत छन् । योसँगै बाँकेमा संक्रमितको संख्या २ हजार १ सय २० पुगेको छ ।

सोवार ७० जना संक्रमित थपिँदा ४८ जना डिस्चार्ज भएका थिए । बाँकेमा डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ५० पुगेको छ । भाइरस संक्रमणबाट बाँकेमा २१ जनाले ज्यान गुमाएका छन् ।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech