घरमै बनाउन सकिन्छ फेसियल स्क्रब

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७७, सोमबार

व्युटी पार्लर धाउने अनुकुलता छैन । घरभित्रै बस्नु परेको छ । यतिबेला कसरी आफ्नो सौन्दर्यको ख्याल गर्ने ?

हेयर रिमुभरदेखि फेसियलसम्म गरिरहनुपर्ने महिलाहरुलाई अहिले केही असहज भएको हुनसक्छ । यद्यपि घरमै उपलब्ध सामाग्री एवं प्राकृतिक विधीबाट आफ्नो सुन्दरतालाई कायम राख्न सकिन्छ । पानीको बाफ लिने, घिउकुमारीको जेल लगाउने आदि थुप्रै विधी छन् ।

अतः यहाँ घरेलु विधीबाट स्क्रब गर्ने विधी दिइएको छ । फेशियल स्क्रब अनुहारको सौन्दर्यका लागि फाइदाजनक हुन्छ । छालाको प्रकार अनुसार हप्तामा दुई वा चार पटकसम्म स्क्रब गर्नुपर्छ । यस किसिमको स्क्रबले महिला तथा पुरुष दुबैको अनुहारमा समान फाइदा पु¥याउँछ ।

राम्रो फेशियल स्क्रबले अनुहार सफा बनाउँछ, ताजगी ल्याँछ र मृत्त छालालाई हटाउँछ । यद्यपी यसका लागि पार्लर धाइरहनुपर्छ भन्ने छैन । वा बजारमा पाइने कस्मेटिक्स नै प्रयोग गर्नुपर्छ भन्ने छैन । घरमै उपलव्ध सामग्रीको स्क्रब बनाएर लगाउन सकिन्छ ।

फेसियल स्क्रबका लागि थुप्रै विकल्प छन् । जस्तो तपाईंसँग कुन सामाग्री उपलब्ध छ, त्यसैको प्रयोग गर्न सक्नुहुनेछ ।

–ग्रीन टि, चिनी र महको मिश्रणबाट स्क्रब तयार गर्न सकिन्छ ।

-नरिवलको तेल, कागती र चिनीबाट स्क्रब तयार गर्न सकिन्छ ।

– टुथपेस्ट र नुनबाट पनि स्क्रब तयार गर्न सकिन्छ ।

-मह र दालचिनीबाट स्क्रब तयार गर्न सकिन्छ ।

बनाउने बिधी

आवश्यक सामग्री

१. ग्रीन टी

२. चिनी

३.  महको

-एउटा मगमा थोरै स्ट्रङ ग्रीन टि तयार गर्ने । यसमा प्राकृतिक रुपले एन्टि एजिङ गुण हुन्छ । यसले अनुहारको रुखोपन, कालो दाग आदि हटाउन सहयोग गर्छ । यद्यपी यसका लागि टि ब्याग भन्दा पनि खुला ग्रीन टि प्रयोग गर्नुपर्छ ।

ग्रीन टिलाई केहि चम्चा अर्को मगमा राख्ने र चिसो हुन दिने । अब त्यसमा चिनी मिसाइदिने । चिनी त्यती मात्रा लगाउनुपर्छ, जो धेरै बाक्लो वा धेरै पातलो हुनुहुँदैन । उक्त मिश्रणमा एक चम्चा मह मिसाइदिने । महमा प्राकृतिक एन्टि ब्याक्टेरियल र छालालाई नरम बनाउने मोश्चराइजिङ गुण हुन्छ ।

यसरी तयार गरेको स्क्रबलाई केहि हप्ता राखेर प्रयोग गर्न सकिन्छ । तर, यसलाई सुख्खा स्थानमा राख्नुपर्छ ।

कसरी प्रयोग गर्ने ?

प्राकृतिक रुपमा तयार गरिएको यो स्क्रबलाई बिस्तारै अनुहारमा लगाउने । जहाँ दाग छ त्यहाँ राम्ररी लगाउनु पर्छ । लगभग १० मिनेटसम्म औंलाहरुले मसाज गरेपछि एक भिजाएको सफा कपडाले सफा गर्ने र चिसो पानीले राम्ररी धुने ।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech