दाँत सफा गर्ने घरेलु विधि

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७७, सोमबार

हामीले खाएका खानेकुराहरु दाँतले चपाउनु पर्ने भएकाले त्यसको केही अंशमा दाँतमै रहन्छ । कति खानेकुरा दाँतको चेपमा अल्झिएर बस्छ । यदि खानेकुरा खाएपछि राम्ररी मुख कुल्ला वा ब्रस नगर्दा त्यस्ता बस्तु दाँतभित्रै सड्न थाल्छ । यसैले दाँतमा संक्रमण हुन्छ । दाँत पहेंलो वा फोहोर हुन्छ । चुरोट, खैनी, मदिरा, गुट्खा, पान आदि सेवन गर्दा पनि त्यसले प्रत्यक्ष रुपमा दाँतलाई हानी गर्छ ।

दाँत सफा गर्नका लागि अहिले कति केमिकस पनि प्रयोग गरिन्छ, जसले दाँतलाई झन कमजोर बनाउँछ । यसले दाँतको प्राकृतिक इनामेल पनि नष्ट गर्छ र संक्रमणको खतरा बढाउँछ ।

अहिले डेन्टल चिकित्सा अन्र्तगत डेन्टल ब्लीचिङबाट दाँतको पहेंलोपन, फोहोर हटाउने गरिन्छ । यो केही प्रकारको हुन्छ ।

डेन्टल ब्लीचिङको कुनै साइड इफेक्ट हुँदैन र यसले दाँतमा प्रतिकुल असर गर्दैन । यद्यपी यो विधी अपनाइसकेपछि केही सावधानी अपनाउनु पर्छ । ब्लीचिङ गरे लगत्तै चिकित्सकले दिएको क्रिम लगाउनु पर्छ । ब्लीचिङ गर्दा दाँतको सेन्सिभिटी बढ्न सक्छ, यद्यपी यो अस्थाई हुन्छ । त्यसैले केही समयसम्म चिकित्सककै सल्लाह अनुसार खानपानमा सर्तकता अपनाउनु पर्छ ।

घरेलु विधि

दाँत सफा राख्न, चम्किलो बनाउन, स्वस्थ्य एवं बलियो बनाउन अस्पताल नै धाउनुपर्छ भन्ने छैन । घरमै उपलब्ध सामग्रीको प्रयोगबाट पनि दाँत सफा राख्न सकिन्छ ।

– घर आँगनमा पाइने तुलसीमा दाँतको पहेंलोपन हटाउने बिशेष क्षमता हुन्छ । यसले तपाईको दाँत तथा मुखको रोग पनि ठीक गर्छ । तुलसीको पात सुकाएर पाउडर बनाउने, त्यसलाई टुथपेस्टमा मिलाएर ब्रस गर्नुपर्छ ।

-सुन्तलाको बोक्रा र तुलसीको पातको मिश्रण पनि उपयोगी हुन्छ । दुबैलाई सुखाएर पाउडर बनाउनु पर्छ । यही पेस्टले ब्रस गर्ने तथा दाँतमा मसाज गर्नुपर्छ ।  यसमा रहेको भिटामिन सि र क्याल्सियमले दाँत चम्किलो बनाउँछ ।

-नीमको उपयोग प्राचिन कालबाटै दाँत सफा गर्नका लागि गरिन्थ्यो । नीमले दाँत सफा बनाउने र दाँतको व्याक्टेरिया नष्ट गर्ने क्षमता राख्छ ।

-बेसार, नुन र तेलको मिश्रणबाट पनि दाँत सफा गर्न सकिन्छ । यसले गर्दा दाँत बलियो हुन्छ ।

केही उपयोगी कुरा

दाँत फोहोर वा कमजोर हुने भनेको खानेकुराको टुक्रा दाँतमा अल्झिएर हुने हो । कतिपय खानेकुरा खाइसकेपछि त्यसको अंश दाँतमा रहन्छ । केही समयपछि यो सड्न एवं कुहिन थाल्छ । यही कारण दाँत कमजोर, दुर्गन्धित हुन्छ ।

त्यसैले खाना खाइसकेपछि दाँत सफा गर्नुपर्छ, कम्तीमा दिनमा दुई पटक । धेरैको बानी हुन्छ, बिहान उठेपछि दाँतमा ब्रस गर्ने । तर, यो तरिका ठीक होइन । खाना खाएपछि ब्रस गर्नुपर्छ । बिहानको खाना खाइसकेपछि वा रातीको खाना खाइसकेपछि राम्ररी ब्रस गर्नुपर्छ ।

यद्यपि दिनभरमा कति पटक खानेकुरा खाइरहेका हुन्छौं । हरेक पटक ब्रस गर्न संभव हुँदैन । त्यसैले खानेकुुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ । यसरी दाँतको उचित ख्याल राख्ने हो भने दाँत सड्ने वा कमजोर हुने भय रहँदैन ।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech