बाँकेमा संक्रमितको संख्या पुग्यो १७१

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७७, बिहीबार

नेपालगन्ज १५ जेष्ठ ।
नेपालगन्जमा एकजनामा कोरोना भाइरस देखिएको छ । योसँगै बाँकेमा संक्रमितको संख्या १७१ पुगेको छ। महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा राखिएका ८५ जनाको पीसीआर जाँच गर्दा एक जनामा कोरोना पोजिटिभ देखिएको हो । दुई दिनअघि पीसीआर जाँच गरिएकामध्ये नेपालगञ्ज–१० का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ । एकजना पोजिटिभ देखिएपछि त्यहाँ उनको सम्पर्कमा रहेका १२ जनाको स्याम्पल लिन थालिएको छ।

यस्तै क्याम्पसमै एक सय ४५ जनाको आरडीटी जाँच गर्दा १६ जनामा एन्टिबडी पोजेटिभ देखिएको छ। उनीहरुको पनि स्याम्पल लिएर पीसीआर जाँच गर्ने तयारी भएको छ।

महेन्द्र बहुमुखी क्याम्पसमा भारतबाट आएका नेपालगञ्ज निवासी ३ सय २७ जना बसिरहेका छन्। उनीहरुमध्ये ८५ जनाको मात्रै पीसीआर जाँच भएको छ। अरुको हुन बाँकी रहेको छ। समय अवधि पुगेका एक सय ४५ जनाको आज आरडीटी जाँच गरिएको थियो। त्यसमा १६ जनामा पोजेटिभ देखिएको छ ।

भेरी अस्पतालमा अहिले ४ सय ३१ वटा स्याम्पल पेन्डिङमा छन्। भारतबाट फर्किनेको संख्या बढ्दै जाँदा पीसीआर जाँचको दायरा बढिरहेको छ। जाँच बढ्दा संक्रमितको संख्या बढिरहेको छ। क्वारेन्टाइनमा बसेका अझै धेरैको जाँच हुन सकेको छैन।

  • १५ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech