आज २४४० कोरोना संक्रमित थपिए, ११३३ जना डिस्चार्ज, १९ जनाको निधन

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७७, सोमबार

काठमाडौं १९, असोज ।
देशभर कोरोना भाइरसका थप दुई हजार ४४० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४४० संक्रमित थपिएसँगै संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार १३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६५ हजार २०२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ७८१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ८८ हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको छ ।देशभर ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने २४४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech