काठमाडौं १९, असोज ।
२२ दिनदेखि अनशनरत प्रा.डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
उहाँलाई छाती, मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर पारेको उपचारमा संलग्न चिकित्सक डा सुवास आचार्यले बताउनुभयो । उहाँका अनुसार डा केसीको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उहाँलाई अक्सिजन दिन थालिएको छ।
उहाँको मुटुको चाल कमजोर हुँदा कतिबेला के हुन्छ भन्न नसकिने डा आचार्यले बताउनुभयो । तर डा केसी भने आफ्ना माग पूरा नभएसम्म कुनै पनि उपचार नलिने अडान राख्दै आउनुभएको छ।