प्रदेश पाँचमा सक्रिय संक्रमित २४९१, आईसीयूमा ४०, भेन्टिलेटरमा ६

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७७, सोमबार

नेपालगन्ज १९, असोज ।
प्रदेश पाँचमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ३ सय ५१ पुगेको छ । आइतवार ८३ जना संक्रमित थपिएसँगै प्रदेश पाँचमा संक्रमितको संख्या ११ हजार ३ सय ५१ पुगेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, अहिलेसम्म ८ हजार ६ सय ९३ जना डिस्चार्ज भएका छन् । प्रदेश पाँचमा २ हजार ४ सय ९१ जना सक्रिय संक्रमित रहेको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै जिल्लाका विभिन्न ठाउँमा संचालन गरिएका १ सय २ वटा आइसोलेसन सेन्टरमा १ हजार २ सय ८९ जना बसिरहेका छन् ।

यस्तै होमआइसोलेसनमा बस्नेको संख्या प्रदेशभरी १ हजार २० रहेको छ । प्रदेशका चार ठाउँमा संचालनमा रहेका कोभिड विशेष अस्पताल र ७ वटा नीजि अस्पतालमा २ सय २५ जना उपचाररत् रहेका छन् ।

तीमध्ये ४० जनाको आईसीयू र ६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि सूचना अधिकारी डा पौडेलले बताउनुभयो । अहिलेसम्म प्रदेश पाँचमा भाइरस संक्रमणबाट ८२ जनाको मृत्यु भएको छ ।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech