बाँकेमा संक्रमित २०५०, डिस्चार्ज १६०२, निधन ३०

    • स्वास्थ्य पेज

  • १८ आश्विन २०७७, आईतवार

नेपालगन्ज १८, असोज ।
बाँकेमा आइतवार थप १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भेरी अस्पताल प्रयोगशालामा १० जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रयोगशाला र बागेश्वरी प्रयोगशालामा दुई-दुईजना गरी १४ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ५० पुगेको छ । संक्रमितमध्ये १ हजार ६ सय २ जना उपचारपछि घर फर्किसकेका छन् । बाँकेमा अहिलेसम्म भाइरस संक्रमणबाट ३० जनाले ज्यान गुमाएका छन् ।

तीमध्ये १० जना उपचारका लागि आएका जिल्ला बाहिरका विरामी रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech