न्यायधीशमा कोरोराना पुष्टि, प्रधान्यायाधीशसहित १७ न्यायाधीश क्वारेन्टिन

    • स्वास्थ्य पेज

  • १८ आश्विन २०७७, आईतवार

काठमाडौं १८, असोज ।

कोरोना भाइरस संक्रमण पछि सर्वोच्च अदालतको सेवा प्रवाह प्रभावित भएको छ । आइतबार सर्वोच्चमा एउटामात्र इजलाश गठन भएको छ। न्यायाधीश मनोज शर्माको इजलाशमा मात्र पेशी तोकिएको छ।

प्रधानन्यायाधीशसहित अन्य सबै न्यायाधीश कन्ट्याक्ट ट्रेसिङमा परेकाले उनीहरु क्वारेन्टाइनमा बसेका हुन्। संक्रमण पुष्टि भएका बाहेक न्यायाधीशको स्वाब आइतबार संकलन गर्ने तयारी सर्वोच्चले गरेको छ। सर्वोच्च अदालतमा हाल ३० जनाभन्दा धेरै कर्मचारी आइसोलेसन/क्वारेन्टाइनमा छन्। कोरोना संक्रमित भएका र उनीहरुको नजिक रहेकाहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ।

गत बिहीबार सर्वोच्च अदालतको फुलकोर्टको बैठक बसेको थियो। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित १७ न्यायाधीश सहभागी थिए। यसरी सहभागी भएकामध्ये एक न्यायाधीशलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भयो।

सुरुमा ती न्यायाधीशको छोरामा संक्रमण पुष्टि भएको थियो। लगत्तै उनमा पनि संक्रमण पुष्टि भएको थियो। फुलकोर्टमा सँगै बसेका न्यायाधीशमा कोरोना पुष्टि भएपछि सर्वोच्च अदालतले एक सूचना जारी गर्दै प्रभावित न्यायाधीश र कर्मचारी आईसोलेसन र क्वारेन्टाइनमा बसेको उल्लेख गरेको हो ।

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech