सुर्खेत १५ जेष्ठ ।
सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ८ जनालाई कोरोना भाइरसको पुष्टि भएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार नारायण नगरपालिकाका वडानम्बर १ का २६ वर्षका पुरुष, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षकी महिला र ७ का १७ वर्षीय पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ ।