प्रधानमन्त्री ओलीद्धारा सबै भेटघाट बन्द

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७७, शनिबार

काठमाडौं १७, असोज ।
प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेट हुनुभएको छ । सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जना र सचिवालयका चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी ओली सबै भेटघाट बन्द गरेर आइसोलेट हुनुभएको हो ।

प्रधानमन्त्रीका प्रमुख राजीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै बालुवाटारमा कार्यरत नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका तीन गरि कुल ७४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो। प्रधानमन्त्रीमा भने कोरोना टेस्ट नेगेटिभ देखिएको छ।

शुक्रबार गरिएको स्वाब संकलनमा उनीहरुमा कोरोना पुष्टि भएको हो । त्यस्तै बालुवाटारमा कार्यरत अझै ४५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ।

  • १७ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech