कोरोना संक्रमणबाट नेपालगन्जका ६० बर्षीय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७७, शनिबार

तस्विरः फाइल

नेपालगन्ज १७, असोज ।

कोरोना भाइरस संक्रमणबाट नेपालगन्जका ६० बर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जको कोभिड आइसोलेसन वार्डमा उपचाररत् नेपालगन्ज-१२ का ती पुरुषको शनिवार बेलुका ४: ५६ मा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई विहीबार भेरी पुर्याइएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाव संकलन गरिएको थियो । त्यसैदिन रिपोर्ट पोजेटिभ आएको थियो ।

उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र मुटु सम्वन्धित रोगबाट पीडित थिए । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

 

 

 

  • १७ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech