भेरीको अपडेटः ४० संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७७, शनिबार

तस्विर : फाइल

नेपालगन्ज १७, असोज ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गत २४ घन्टामा १३१ नमूना परीक्षण गरिएकोमा ४० जना संक्रमित थपिएका हुन् ।

बाँकेका २४ जना, बर्दियाका ११ जना, जुम्ला, हुम्ला, रुकुम, बारा र सर्लाहीका एकएक जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

नेपालगन्जको राझास्थित आर्मी अस्पतालमा थप ७ जनामा भाइरस संक्रमण देखिएको थियो । यसअघि त्यहाँका १८ जनामा संक्रमण देखिएको थियो ।

 

  • १७ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech