कोभिडका २१७ जना विरामी आईसीयू र ३१ जना भेन्टिलेटरमा, बाँकेमा २१ जना गम्भीर

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७७, शनिबार

नेपालगन्ज १७, असोज ।
नेपालमा कोरोना भाइरसबाट गम्भीर अवस्थामा पुगेका २१७ जनालाई आईसीयू र ३१ जनालाइ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल आईसीयूमा २१७ र भेन्टिलेटरमा ३१ कोरोना संक्रमित रहेको जानकारी दिएको हो ।

सबैभन्दा धेरै बागमती प्रदेशमा गम्भीर खाले संक्रमित देखिएको तथ्यांक छ । प्रदेश १ मा २२, प्रदेश २ मा १७, वागमती प्रदेशमा ११६, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ३७ र कर्णाली प्रदेशमा १६, सुदूरपश्चिम प्रदेशमा ३ कोरोना संक्रमितको आईसीयूमा छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २, प्रदेश २ मा १, वागमती प्रदेशमा २४ र प्रदेश ५ मा ४ कोरोना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

बाँकेमा २१ जना भाइरस संक्रमितको अवस्था गम्भीर रहेको बाँकेको कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचाररत् १६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर आइसोलेसनमा उपचाररत् ५ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा नेपालभरी २ हजार १२० कोरोना संक्रमित थपिएका छन् भने सोही अवधीमा ८ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • १७ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech