कोरोना अपडेटः सार्कमा यस्तो छ अवस्था

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७७, बिहीबार

नेपालगन्ज १५ जेष्ठ ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबारको तथ्यांक अनुसार नेपालमा ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार एकैदिन १ सय १४ जनामा संक्रमण देखिएको थियो। अहिलेसम्म ४७ जिल्लामा संक्रमण देखिइसकेको छ।

त्यस्तै, १ सय ८३ जना संक्रमणमुक्त भइसकेका छन् भने ४ जनाको भने मृत्यु भएको छ।

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४ हजार ५ सय ३४ पुगेको छ। भारतमा हालसम्म ६७ हजार ७ सय ४९ संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ५९ हजार १ सय ५१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा १ हजार २ सय २५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १९ हजार १ सय ४२ जना उपचारपछि निको भएका छन्।

श्रीलंकामा संक्रमितको संख्या १ हजार ४ सय ६९ छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १० छ भने निको हुनेको संख्या ७३२ छ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३८ हजार २ सय ९२ पुगेको छ। बंगलादेशमा हालसम्म ५ सय ४४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ७ हजा ९ सय २५ छ।

अफगानिस्तानमा संक्रमितको संख्या १२ हजार ४ सय ५६ पुगेको छ। अफगानिस्तानमा २ सय २७ जनाको मृत्यु भइसकेको छ भने १ हजार १ सय ३८ जना उपचारपछि निको भएका छन्।

भुटानमा संक्रमितको संख्या २८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ६ छ।

माल्दिभ्समा संक्रमितको संख्या १ हजार ४ सय ५७ छ। मृत्यु हुनेको संख्या ५ छ भने उपचारपछि निको हुनेको संख्या १९७ पुगेको छ।

  • १५ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech