डा सापकोटाको निधनको शोकमा चिकित्सक संघद्धारा दिप प्रज्ज्वलन

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७७, शनिबार

नेपालगन्ज १६, असोज ।
नेपाल चिकित्सक संघ भेरीले डा हरि सापकोटाको निधनप्रति दुःख व्यक्त गर्दै शोकमा दिप प्रज्ज्वलन गरेको छ । कोरोना भाइरस संक्रमणबाट निधन भएका पहिलो चिकित्सक सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जदी दिदै संघले दिप प्रज्ज्वलन गरेको संघ अध्यक्ष डा विनोद कर्णले जानकारी दिनुभयो ।

डा कर्णले सापकोटाको निधनले पश्चिम नेपालमै अव्वल र इमान्दार चिकित्सक गुमाएको प्रतिक्रिया दिनुभयो । दिप प्रज्ज्वलनमा संघ आबद्ध चिकित्सक, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी लगायतको सहभागीता थियो ।

  • १७ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech