कोरोनाबाट विश्वभर ३ लाख ५५ हजारको मृत्यु

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७७, बिहीबार

नेपालगन्ज, १५ जेष्ठ ।
विश्वभर ३ लाख ५५ हजार ६ सय १५ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। अमेरिकामा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ। त्यहाँ १ लाख २ सय ७६ जनाको मृत्यु भएको हो। विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्याको आधारमा अमेरिकामा मात्रै २८ दशमलव २४ प्रतिशतको मृत्यु भएको छ।

त्यस्तै, बेलायतमा ३७ हजार ५ सय ४२, इटालीमा ३३ हजार ७२, फ्रान्समा २८ हजार ५ सय ९९, स्पेनमा २७ हजार १ सय १७, ब्राजिलमा २५ हजार ५ सय ९८ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २३ लाख ५० हजार ७१ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक ३ लाख ९१ हजार ५ सय ८ जना छन्।

त्यस्तै, ब्राजिलमा १ लाख ६६ हजार ६ सय ४७, जर्मनीमा १ लाख ६२ हजार ८ सय २०, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ४७ हजार १ सय १, रुसमा १ लाख ४२ हजार २ सय ८ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै, ब्राजिलमा ४ लाख ११ हजार ८ सय २१, रुसमा ३ लाख ७० हजार ६ सय ८०, बेलायतमा २ लाख ६८ हजार ६ सय १९, स्पेनमा २ लाख ३६ हजार २ सय ५९, इटालीमा २ लाख ३१ हजार १ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमितको संख्या ५६ लाख ९० हजार ९ सय ५१ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबारको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १६ लाख ९८ हजार ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ।

  • १५ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech