स्वास्थ्य मन्त्रालयले भन्यो-‘कर्तव्य निष्ठ चिकित्सक गुमाउँदा दुखी छौं’ (विज्ञप्तीसहित)

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०७७, शुक्रबार

काठमाडौं १६, असोज ।

चिप अर्थोपेडिक सर्जन डा हरि सापकोटाको निधनप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुःख व्यक्त गरेको छ ।

प्रादेशीक अस्पताल सुर्खेतमा कार्यरत नेपाल स्वास्थ्य सेवा सर्जरी समूह अर्थोपेडिक उपसमूहका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन (११औं तह) डा सापकोटाले निधनले कर्तव्यनिष्ठ चिकित्सक गुमाउनु परेको भन्दै मन्त्रालयले दुःख व्यक्त गरेको छ ।

भेरी अस्पताल नेपालगन्जमा दरवन्दी भएका डा सापकोटाको कोरोना भाइरस संक्रमणबाट विहीबार उपचारका क्रममा ५९ बर्षको उमेरमा भेरी अस्पतालमा निधन भएको थियो ।

  • १६ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech