नेपालमा एकैदिन २७२२ थपिए, ३३०७ डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०७७, शुक्रबार

काठमाडौं १६, असोज ।

नेपालमा एकैदिन ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर २७२२जना कोरोना संक्रमित पुष्टि भएका छन्। यो संख्या अहिलेसम्मकै उच्च हो । योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार ७३९ जनाको पीसीआर परिक्षणमा २७२२ जनालाई संक्रमण देखिएको जानकारी दिनुभयो ।

२४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ। देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्।

  • १६ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech