सत्याग्रही डा गोविन्द केसी भेट्न पुगे पूर्वराष्ट्रपति यादव

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०७७, शुक्रबार

काठमाडौं १६, असोज ।
मेडिकल शिक्षा सुधारको मागसहित सत्याग्रमा रहेका डा गोविन्द केसीलाई पूर्वराष्ट्रपति डा रामवरण यादव शिक्षण अस्पताल महाराजगन्ज पुगेर भेट गर्नुभएको छ ।

डा केसी अनशन बसेको आज १९ दिन पुगेको छ । जुम्लामा रहेका केसीले त्यहीँबाटै सत्याग्रह थाल्नुभएको थियो । उहाँ केही दिनअघि काठमाडौं आएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सत्याग्रहमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले अहिलेसम्म वार्ताको कुनै पहल गरेको छैन ।

भेटमा यादवले डा केसीले उठाएका माग जनआवाज भएको बताउनुभएको थियो। ‘तपाईंजस्तो मान्छे मुलुकलाई चाहिन्छ,’ यादवले भन्नुभएको थियो ।

 

  • १६ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech