तीन महिनामै फेरिए स्वास्थ्य सचिव

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं १५ जेष्ठ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन महिना नपुग्दै पुनः स्वास्थ्य सचिव फेरिएका छन्।

मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालयको सचिवको रुपमा पठाउने निर्णय गरेको छ ।

सचिव अर्यालले आइतबार स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने बताइएको छ। मन्त्रिपरिषदले हालका स्वास्थ्य सचिव यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको छ। सचिव कोइरालालाई फागुन १८ गतेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिवको जिम्मेवारी दिएको थियो।

  • १५ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech