बाँकेमा कहाँ कति छन् कोरोनाका गम्भीर विरामी ?

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०७७, शुक्रबार

तस्विर : फाइल

नेपालगन्ज १६, असोज ।
बाँकेमा कोभिड विशेष आइसोलेसन वार्डमा १०६ जना कोरोनाका विरामी उपचाररत् रहेका छन् । तीमध्ये २० जनाको अवस्था गम्भीर रहेको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पताल नेपालगन्जमा रहेको कोभिड आइसोलेसनमा ५८ जनामध्ये १६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण कोहलपुरमा उपचाररत् ४८ जनामध्ये ४ जना संक्रमितको अवस्था गम्भीर रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । यी दुई कोभिड विशेष अस्पतालमा लक्षण चिन्ह देखिएका र गम्भीर विरामीको उपचार हुँदै आएको छ ।

लक्षण चिन्ह नदेखिएका विरामीहरुलाई संस्थागत तथा होमआइसोलसनमा राख्ने गरिएको छ । जिल्लामा अहिले ३७ जना होमआइसोलेसनमा बसिरहेका छन् ।

बाँकेमा भाइरस संक्रमितको संख्या १ हजार ९ सय ७७ पुग्दा १ हजार ५ सय ४२ जना निको भएर डिस्चार्ज भइसकेका छन् । भाइरस संक्रमणबाट बाँकेमा १८ जनाले ज्यान गुमाएका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि ल्याएका ८ जनाको मृत्यु भएको छ ।

  • १६ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech