भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या झण्डै एक लाख

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०७७, शुक्रबार

तस्विरः फाइल

काठमाडौं १६, असोज ।
भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या झण्डै एक लाख पुगेको छ ।अहिलेसम्म ६३ लाख ९१ हजारमा कोरोना पुष्टि भएको भारतमा ९९ हजार ८ सय ४ जनाको ज्यान गएको छ ।

त्यहाँ गएको २४ घण्टामा एक हजार ९६ जनाको ज्यान गएको छ । यस्तै साढे ८१ हजारमा कोरोना पुष्टि भएको छ । भारतमा अहिलेसम्म ५३ लाख ४८ हजार निको भएका छन् ।

अहिले ९ लाख ४३ हजार सक्रिय सङ्क्रमित रहेको भारतमा ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ । अहिलेसम्म विश्वभर ३ करोड ४४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ५६ लाख निको भएका र १० लाख २३ हजारको ज्यान गएको छ ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ७४ लाख ९३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १२ हजारको ज्यान गएको छ । यस्तै ४८ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा एक लाख ४४ हजारले ज्यान गुमाएका छन् ।

  • १६ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech