चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदै नेपाली सेना

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७७, बुधबार

काठमाडौं १४ जेष्ठ ।
कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले बिहीबार चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदैछ । यसका लागि नेपाल एयरलाइन्सको वाइडवडी विमान बुधबार साँझ चीनको ग्वान्झाओतर्फ उड्दैछ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याइने बताए । जसमा पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट कोरोना जाँचका लागि चाहिने पीसीआर किट लगायत हुनेछन् ।यसअघि ६ जेठमा सेनाले १८।९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याइसकेको छ । दोस्रो चरणको सामग्री पनि भन्सार प्रक्रिया पूरा भएर ग्वान्झाओमा जम्मा भएपछि वाइडवडी त्यसतर्फ प्रस्थान गर्न लागेको प्रवक्ता पाण्डेले बताउनुभयो ।

ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको सेनालाई दिएको थियो । तर सेनाले पनि लामो समय स्वास्थ्य सामाग्री ल्याउन नसकेपछि आलोचना भएको थियो ।जंगीअड्डाले पहिलो चरणमा हवाई मार्गबाट मे ५ तारिखमा ३७ टन स्वास्थ्य सामग्री ल्याउने बताए पनि आएन । भन्सारको प्रक्रिया र चीनमा सरकारी विदाको कारण समयमा सामान ल्याउन नससकेको उसको दाबी थियो ।

त्यसो त पहिले हवाई मार्गबाट सामान ल्याउने भनिए पनि ढिलाइ भएपछि सेनाको कन्टेनरले स्थलमार्गबाट पहिले ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो । तातोपानी नाका हुँदै काठमाडौंसम्म आइपुग्न १० वटा ट्यांकरलाई १३ दिन लागेको थियो ।अब थप अत्यावश्यक स्वास्थ्य सामग्री स्थलमार्गबाटै ल्याउने सेनाको तयारी छ । सेनाले तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने गरी दुई अर्ब २५ करोढ बढीको सम्झौता ९ वैशाखमा गरेको थियो ।

  • १४ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech