आर्मी अस्पतालका १८ सहित बाँकेमा ३४ थपिए

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७७, बिहीबार

नेपालगन्ज १५, असोज ।
नेपालगन्जको राँझास्थित आर्मी अस्पतालमा थप १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ५८ नमुना परीक्षण गरीएकोमा ४० जनामा भाइरस संक्रमण देखिएको थियो ।

भेरीको परीक्षणमा बाँकेमा ३४ जना भाइरस संक्रमित थपिएका हुन् । त्यसमा आर्मी अस्पतालका १८ जना परेका हुन् । बाँकेका अरु १६ जनामा पनि भाइरस संक्रमण देखिएको छ ।

नेपालगञ्जका ९ जना, खजुराका १, कोहलपुरका ४, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका १-१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै जिल्ला बाहिरको संक्रमण पुष्टि हुनेहरुमा बर्दिया बाँसगढीका २, ठाकुरबाबा नगरपालिकाका २ र दैलेखका दुई जना रहेका छन् ।

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech