पिजी परीक्षा तोकिएकै समयमा हुने चिकित्सा शिक्षा आयोगको स्पष्टोक्ती

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७७, बिहीबार

काठमाठौं १५, असोज ।
स्नात्तकोत्तर तह पिजीको एकीकृत प्रवेश परीक्षा तोकिएकै समयमा हुने राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्पष्ट पारेको छ । आयोगले असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेको थियो। आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले परीक्षाका लागि ७ हजार बढीले फर्म भरिसकेको जानकारी दिनुभयो । फर्म भर्ने समय आज सकिएको छ ।

आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षा लिँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तह (पिजी) को सरकारी सिटमा छात्रवृत्तिमा अध्ययनका लागि कम्तीमा २ वर्ष सरकारी सेवामा काम गरेकालाई मात्र उम्मेदवार बनाउन चिकित्सा शिक्षा आयोगलाई पत्र पठाएको छ। मन्त्रालयले कति विद्यार्थीलाई पूर्व स्वीकृति नदिइएको भन्दै गैरसरकारी सेवाका चिकित्सकले भने विरोध गर्दै आएका छन्।

 

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech