जुम्लाको चन्दननाथ बन्यो कोरोनाको ‘हटस्पट’, नगरपालिकामा निषेधाज्ञा

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७७, बिहीबार

जुम्ला १५, असोज ।
स्थानीय प्रशासनले जुम्लाको चन्दननाथ नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । नगरपालिका क्षेत्रका विभिन्न संघ संस्था तथा कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैपटक ३० जनामा भाइरस संक्रमण देखिएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको विहीबार बसेको बैठकको निर्णय अनुसार स्थानीय प्रशासनले चन्दननाथ नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

गरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड्, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा छिना लाग्नासम्मको चारकिला कायम गरेर औषधि पसल र स्वास्थ्य सेवाबाहेक अन्य सबै क्रियाकलापमा प्रतिबन्ध लगाइएको स्थानीय प्रशासनद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट टे«सिङ र परीक्षणमा सहजता होस् भनेर निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि आकास्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुमा भाइरस संक्रमण देखिएपछि आकास्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको प्रतिष्ठानका निर्देशक डा.मंगल रावलले बताउनुभयो । प्रतिष्ठानमा कार्यरत विशेषज्ञ चिकित्सकसहित २५ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानको पीसीआर प्रयोगशालामा परीक्षण गर्दा बुधवार बेलुका चिकित्सकसहित स्वास्थ्यकर्मी र स्टाफहरुमा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

संक्रमित हुनेमा एक जना विशेषज्ञ चिकित्सक र एकजना मेडिकल अफिसर रहेका छन् । त्यसैगरी शल्यक्रिया कक्षमा र जनरल वार्डमा काम गर्ने नर्स तथा अन्य कर्मचारी संक्रमित भएका हुन् ।केही दिनदेखि कोरोनामुक्त भएको भनिएको जुम्लामा पुनः कोरोना संक्रमण देखिएको छ ।

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech