मृत्युपछि कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७७, बिहीबार

सुर्खेत १५, असोज ।
सुर्खेत भेरीगंगा नगरपालिका-१ की ३५ वर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टी भएको छ ।

वीरेन्द्रनगर नगरपालिका-११ मा डेरा गरी बस्ने ती महिला आफनो डेरामा गत मंगलवार मृत अवस्थामा फेला परेकी थिइन । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मृतकको बुधवार स्वाब परीक्षण गरिएको र सो परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टीपछि उनको शव स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

 

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech