बुटवलमा ८० बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७७, बिहीबार

तस्विरः फाइल

बुटवल १५, असोज ।
बुटवलमा थप एकजनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ का ८० वर्षीय पुरुषको गएराति साढे ११ बजे मृत्यु भएको हो ।

उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको चिकित्सकहरुले बताएका छन् ।

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech