एक्लै आए, एक्लै गए

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७७, बिहीबार

नेपालगन्ज १५, असोज ।
बाँकेमा विहीबार एकजना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कोहलपुर नगरपालिका १४ का ४२ बर्षीय ती पुरुष भेरी अस्पतालको कोभिड आइसोलेसनबाट डिस्चार्ज भएका हुन् ।

संक्रमणबाट मुक्त भएर घर जानेमा उनी आज एक्ला हुन् । बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, उनलाई असोज १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । लक्षण चिन्ह समेत देखिएका उनी १४ दिन आइसोलेसन बसाइ पुरा भएपछि निको भएर डिस्चार्ज भएको श्रेष्ठको भनाइ छ । बाँकेमा संक्रमणबाट मुक्त हुनेको संख्या अव १ हजार ५ सय ४२ पुगेको छ ।

विभिन्न आइसोलेसनमा बाँकेका ३ सय ५५ जना र ९ जना अन्य जिल्लाका बसिरहेका छन् । बाँकेमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ । भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या भने १६ पुगेको छ । मृत्यु हुनेमा अधिकांश नेपालगन्जका छन् ।

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech